काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ६२८ वटा स्वाब नमुनाको परीक्षण गर्दा २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज देशभर थप ५५५ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।




प्रतिक्रिया