काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ८६३८ जनामा परीक्षण गर्दा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज देशभर ३७६ जना कोरोना संक्रमित निको भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ६ हजार १५० रहेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया