काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३२८ जनामा परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज देशभर ४२९ जना कोरोना संक्रमित निको भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ५ हजार ३४० रहेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया