शनिबार ८ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार ८ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ६५५ जनामा परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज कोरोना संक्रमणबाट थप व्यक्तिको मृत्यु भएको खबर छैन भने २१० जना कोरोना संक्रमित निको भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या १ हजार ७५८ रहेको छ ।