काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल ४ हजार ६९१ नमुना परीक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप ३४ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५० रहेको छ ।




प्रतिक्रिया