एकै दिन १७७ जनामा कोरोना संक्रमण पुष्टि

एकै दिन १७७ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशभर ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

जसअनुसार पछिल्लो २४ घण्टामा १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर ८७३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यसैगरी आज देशभर ४१ जना कारोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट भने एक जनाको पनि मृत्यु भएको छैन् ।