विश्वभरीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६९ हजार ४ सय पुग्यो

विश्वभरीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६९ हजार ४ सय पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी-  कोरोनाभाइरसको संक्रमणले विश्वभरी मृत्यु हुनेको संख्या ६९ हजार ४ सय ५६ पुगेको छ । यसबाट संक्रमितको संख्या १२.७३ लाख नाघेको छ ।विश्वभरीमा सबैभन्दा अधिक संक्रमित अमेरिकामा रहेका छन् । यसपछि स्पेन, इटाली र जर्मनीमा रहेका छन् ।

हालसम्म इटालीमा सवैभन्दा बढी नागरीकको मृत्यु भएको छ । कोरोनाभाइरसका कारण करीब १५ हजार ८ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।यसपछि फ्रान्स, नेदरल्यान्ड र स्पेन जस्ता अन्य युरोपेली देशमा मृत्युदर अधिक रहेको छ । फ्रान्समा औसतमा १ सय कोरोना संक्रमितमा १०, नेदरल्यान्डमा ९.४ र स्पेनमा पनि ९.४ को मृत्यु भएको छ ।

युरोपेली संघबाट छुट्टीसकेको बेलायतमा एक सय बिरामीमा ९.३ प्रतिशतको मृत्यु भएको छ । यसैगरी बेल्जियममा ६.८ र इरानमा ६.२ प्रतिशतको दरमा कोरोनाका संक्रमितले ज्यान गुमाएका छन् । चीनमा १ सय जना संक्रमितमा ४ को मृत्यु भइरहेको छ ।

कोरोनाभाइरसको कहर अमेरिकामा गत साता सबैभन्दा भयावह अवस्था रह्यो । अमेरिकामा हालसम्म ३.२८ लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ९ हजार ६ सय १८ हजारले ज्यान गुमाएका छन् । १६ हजार ७ यस संक्रमित भने उपचारपश्चात घर फर्केका छन् । न्यूयोर्क, लुजियाना र मिचिगन समेत कयौ राज्यका गभर्नरले मानिसलाई घरमै बस्नका लागि आग्रह गरेका छन् । अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यूयोर्क रहेको छ ।