पछिल्लो २४ घण्टामा थप २९३६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २९३६ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप २९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १४ हजार १ सय ८२ परीक्षणबाट सो जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज ९६१३ जनाको पिसिआर परीक्षण गर्दा २००६ जनामा र ४५६९ जनाको एन्टिजेन परीक्षण गर्दा ९३० जनामा पुष्टि भएको हो । आज देशभर १७७५ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी आज ४३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।