देशभर थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

देशभर थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १० हजार ६६ जनामा परीक्षण गर्दा १८७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज २१६४ जना कोरोना संक्रमित निको भएका छन् । आज २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको मन्त्रालयले जनाएको छ ।