देशभर थप १८०१ जनामा संक्रमण पुष्टि, २३ जनाको मृत्यु

देशभर थप १८०१ जनामा संक्रमण पुष्टि, २३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६२८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज १ हजार ६६७ जना कोरोना संक्रमित निको भएका छन् । आज देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख १६ हजार ४९ पुगेको छ । तीमध्ये ९ हजार ५५० जनाको मृत्यु भएको छ भने ६ लाख ३२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।