देशभर थप २४४५ जनामा संक्रमण पुष्टि, ३२ को मृत्यु

देशभर थप २४४५ जनामा संक्रमण पुष्टि, ३२ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ६६४ जनामा परीक्षणमा ७ हजार ८३३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६४२ जना र ३ हजार ८३१ जनाको एन्टिजेन परीक्षण गर्दा ८०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज देशभर १२५८ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी आज देशभर ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ५८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।