काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ३८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ हजार ५१८ जनामा परीक्षण गर्दा ३८९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
१२ हजार ६५५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जनामा र ४ हजार ८६३ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर १ हजार ७७८ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।




प्रतिक्रिया