शुक्रवार २०६५ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

शुक्रवार २०६५ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २०६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप २ हजार ३३७ जना निको भई डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  आज थप २५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

८ हजार ७५२ जनाको पीसीआर विधिबाट र ४ हजार ३६५ जनाको एन्टिजेन  विधिबाट गरी कुल १३ हजार १ सय १७ जनाको नमुना परीक्षण भएको छ । जसमा २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर ३७ हजार ५ सय ९९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।