शनिवार १२६८ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

शनिवार १२६८ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ८७५ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार २६८ जनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जनाएको छ ।

६ हजार ७५३ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार २४ र तीन हजार १२२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २४४ जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ । आज देशभर दुई हजार १९५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख २५ हजार ६५१ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ३१ हजार ८२६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।