शुक्रवार ११४६ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

शुक्रवार ११४६ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ११४६ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९१६ जनाको परीक्षणमा १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ३६ हजार ६६६ छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ ।