नेपालमा कोरोना संक्रमणदर घट्दै , शनिवार ९ सय ९४ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमणदर घट्दै , शनिवार ९ सय ९४ जनामा संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा कोराेना संक्रमित हुनेहरूको संख्या घट्न थालेको छ । पछिल्लो २४ घण्टामा एक हजार जना भन्दा कममा संक्रमण पुष्टि भएको छ । आज नेपालमा ९ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ ।  

९ हजार ८ सय ४० जनामा कोरोना परीक्षण गर्दा सो जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  सोही अवधिमा  १ हजार ३ सय ६८ संक्रमित निको भएका छन् । सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको सङ्क्रमणबाट नेपालमा १० हजार ९३६ जनाको मृत्यु भएको छ ।