काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभभर हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५४ जनाको सघन उपचार कक्ष र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
आज देशभर १ हजार ४२३ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा मृत्यु हुनेको कूल संख्या १० हजार ९४९ रहेको छ ।




प्रतिक्रिया