आइतबार ७३४ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

आइतबार ७३४ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ७३४ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ३०४ जनाको पीसीआर परीक्षणमा ६५६ र २ हजार ७०९ जनाको एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर १ हजार ४१३ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् ।  त्यसैगरी पछिल्लो २४ घण्टामा थप १२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना सङ्क्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ ।