मंगलबार १३३० जनामा कोरोना संक्रमण पुष्टि 


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ६ सय २६ पीसीआर र ३ हजार ९ सय ६६ एन्टिजेन परीक्षण गर्दा १ हजार ३ सय ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज  थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ७ लाख ८६ हजार ५ सय ७७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण  ५ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या संख्या ११ हजार ५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा  १ हजार ८ सय ३० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या  ७ लाख ५४ हजार जना पुगेका  छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या २१ हजार ५२४ जना रहेका छन् । जसमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३६० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement