शुक्रवार १,४७६ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

शुक्रवार १,४७६ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनामा गरिएको परीक्षणमा १४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर १ हजार ५५० जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर २० हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।