काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज देशभर १ हजार २७९ जना कोरोना संक्रमित निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया