काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ११५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३ जनाको परीक्षणमा पीसीआर विधिबाट ११ हजार ६७२ जनामा परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ जनाको एन्टीजेन परीक्षण गर्दा २५४ गरि कुल १ हजार १५८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर १ हजार ३१८ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया