काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६८ जनामा गरिएको नमुना परीक्षणमा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ९३८ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ रहेको छ ।




प्रतिक्रिया