सोमबार ५९१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

सोमबार ५९१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ६५४ र एन्टिजेन विधिबाट २ हजार ४३ जनामा परिक्षण गर्दा ५९१ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख ५ हजार ५६० र एन्टिजेनबाट ९४ हजार ४३० जना पुगेको छ । आज देशभर ९३७ जना कोरोना संक्रमित निको भएका छन् ।

यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८२ हजार ३९३ जना पुगेको छ ।  त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।