काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ५४९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ लाख ६ हजार ३२५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५६९ जना निको भएका छन् । योसंगैँ हालसम्म कोरोनामृक्त हुनेको संख्या ७ लाख ९० हजार ३५८ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मुत्यु भएको छ । हालसम्म संक्रमणका कारण ११ हजार ३८८ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया