काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९९३ नमूना परीक्षणमध्ये ३६३ पीसीआर र ४९ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ४८३ पुगेको छ ।
मन्त्रालयका अनुसार थप २०२ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ ।




प्रतिक्रिया