सोमबार ३८५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

सोमबार ३८५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिललो २४ घण्टामा थप ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ९२१ र एन्टिजेन विधिबाट २ हजार ७७६ जनामा परिक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १९ हजार ३८६ र एन्टिजेनबाट ९५ हजार ३३२ जना पुगेको छ ।

आज थप २५८ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख २६८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५०० पुगेको छ ।