पछिल्लो २४ घण्टामा ६०८ संक्रमित थपिँदा ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६०८ संक्रमित थपिँदा ९ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ५७ हजार २ सय पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ९२ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ४८ हजार २ सय ९२ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १९ लाख ३ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय १६ जना पुगेका छन् ।