बुधबार ३३२ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार ३३२ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार ५९० जनाको पीसीआर र २ हजार ३३० जनामा एन्टिजेन परीक्षण गर्दा ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय १३ पुगेको छ । आज देशभर २३२ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर ७ हजार ३६९ सक्रिय संक्रमित रहेका छन्।