काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९०७ पीसीआर नमुना परीक्षण गर्दा १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, १ हजार ७२५ वटा एन्टिजेन नमुना परीक्षण गर्दा १६ जनामा पोजिटिभ देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । पीसीआर र एन्टिजेन गरी ६ हजार ६३२ परीक्षण हुँदा २१३ जनामा कोरोना देखिएको छ ।
यस्तै, शनिबार ३२५ जना संक्रमित निको भएका छन् । आज देशभर तिन जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १५६ रहेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया