क्यानाडामा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट, उच्च सतर्कता अपनाउन सुरु

क्यानाडामा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट, उच्च सतर्कता अपनाउन सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरसको नयाँ भेरियन्ट ओेमिक्रोन क्यानाडामा पनि भेटिएको छ । हालै अफ्रिकामा भेटिएको उक्त भाइरस आइतबार क्यानाडाको ओन्टोरियो प्रान्तमा दुई जनामा भेटिएको हो ।

तर ती नयाँ सङ्क्रमितहरु कहाँबाट आएका नागरिक हुन् या क्यानाडामा नै सो भेरियन्ट भेटिएको हो भन्ने बारेमा भने जनाइएको छैन् । दक्षिण अफ्रिकामा हालैमात्र भेटिएको यो भेरियन्ट विश्वका कैयौँ देशमा फैलिइरहेको छ । उता, पछिल्लो समयमा कोरोना भाइरसको डेल्टा भाइरस बढिरहेको बेलायतमा पनि यो नयाँ भेरियन्ट देखिएको थियो ।