सोमबार २५९ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार २५९ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार २३१ र एन्टिजेन विधिबाट २ हजार ६५७ जनामा परिक्षण गर्दा २५९ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २१ हजार १२१ र एन्टिजेनबाट ९५ हजार ४८८ जना पुगेको छ ।

यस्तै, आज थप २६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख २ हजार ६५३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५२४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ रहेको छ ।