काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ९१९ र एन्टिजेन विधिबाट १ हजार १०८ जनामा परिक्षण गर्दा ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २० हजार ८७८ र एन्टिजेनबाट ९५ हजार ५२९ जना पुगेको छ । यस्तै, आज थप २५९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३ हजार १८० जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५२९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९५४ रहेको छ ।




प्रतिक्रिया