काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५ हजार २९५ परीक्षण हुँदा २२० र १५ सय २ एन्टीजेन परीक्षण हुँदा १८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर पाँच जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ३९२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या आठ लाख चार हजार १०८ पुगेको छ ।




प्रतिक्रिया