आइतबार २०५ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार २०५ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ७४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०० र एन्टिजेन विधिबाट ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर ४३६ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म देशभर कूल सङ्क्रमितमध्ये ८ लाख ४ हजार ५४४ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोेरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हालसम्म देशभर ११ हजार ५४१ जनाले ज्यान गुमाइसकेका छन् ।