साेमबार २६५ जनामा कोरोना संक्रमण, २ को मृत्यु

साेमबार २६५ जनामा कोरोना संक्रमण, २ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ११४ र एन्टिजेन विधिबाट १ हजार ५०३ जनामा परिक्षण गर्दा २६५ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २२ हजार ८६० र एन्टिजेनबाट ९५ हजार ६१९ जना पुगेको छ ।

यस्तै, आज थप ३५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ४ हजार ९०१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५५३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ रहेको छ ।

नेपालमा आज मात्र कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका २ जना संक्रमित फेला परेका छन् । मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार ६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको हो । संक्रमित दुवै जना कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेका थिए ।