मंगलबार ३१५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

मंगलबार ३१५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९३८६ र एन्टिजेन विधिबाट २४२४ जनामा परिक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २३ हजार १०२ र एन्टिजेनबाट ९५ हजार ६६२ जना पुगेको छ । यस्तै, आज थप ३०४ जना कोरोना संक्रमण मुक्त भएका छन् पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५५५ पुगेको छ ।