आइतबार २५४ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार २५४ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ६८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट १२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप २३४ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ६ हजार ७७८ जना निको भइसकेका छन् । हाल देशभर ५ हजार ८९० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।