काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी २९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज देशभर २३२ जना कोरोना संक्रमित निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार २२७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५७७ पुगेको छ भने ८ लाख ९ जहार ३८७ जना संक्रमणमुक्त भएका छन् ।




प्रतिक्रिया