२२५३ कोरोना संक्रमित थपिए, १३२९ जना डिस्चार्ज

२२५३ कोरोना संक्रमित थपिए, १३२९ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय २९ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ६४ हजार ६९ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ८४ जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुहरुको संख्या ११ हजार ८ सय ९३ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या पाँच सय ५३ पुगेको छ ।

र यो पनि

काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या २९ हजार नाघ्यो