पछिल्लो २४ घण्टामा थपिए १४९० कोरोना संक्रमित, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए १४९० कोरोना संक्रमित, ९ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५ सय ६७ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख १८ हजार १ सय ६१ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १७ लाख ५४ हजार ६ सय ३० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ३८ जना पुगेका छन् ।