पछिल्लो २४ घण्टामा ६१३ संक्रमित थपिँदा ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६१३ संक्रमित थपिँदा ५ जनाको मृत्यु


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ६ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ३९ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ४७ हजार ४ सय जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १८ लाख ९६ हजार २ सय ५० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय ८ जना पुगेका छन् ।