पछिल्लो २४ घण्टामा ६५९ संक्रमित थपिँदा ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६५९ संक्रमित थपिँदा ७ जनाको मृत्यु


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय १८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ५० हजार ५ सय ८१ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १९ लाख १५ हजार २ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय ३२ जना पुगेका छन् ।