काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ सय २७ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ५८ हजार ९ सय ६८ जना कोरोना संक्रमित निको भएका छन् ।
हालसम्म १९ लाख ८७ हजार ५ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय २७ पुगेको छ ।




प्रतिक्रिया