काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा २१ सय ११ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख २० हजार २ सय ७२ जना कोरोना संक्रमित निको भएका छन् ।
हालसम्म १७ लाख ६३ हजार ९ सय १९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ५१ जना पुगेका छन् ।




प्रतिक्रिया