बिहीबार ५४० जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

बिहीबार ५४० जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ७ हजार २०९ पीसीआर तथा ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार २७१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ४३१ सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ । पछिल्लो समय दिनहुँजसो कोरोना संक्रमण बढ्दै गएको छ ।