कोरोना भाइरसबाट अमेरिकामा एकै दिनमा १० हजार संक्रमित

कोरोना भाइरसबाट अमेरिकामा एकै दिनमा १० हजार संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी-  विश्वभर कोरोना भाइरसबाट ४ लाख ५१ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् । यसबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । कोरोना संक्रमित हुनेमा चीनपछि इटाली दोस्रो र अमेरिका तेस्रो स्थानमा रहेको छ । यसपछि स्पेन,जर्मनी, इरान, फ्रान्स तथा दक्षिण कोरियामा कोरोना भाइरसको संंक्रमण सवाधिक बढी रहेको छ ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोनाभाइरसबाट संक्रमितको संख्या ६८ हजार ५ सय ७२ पुगेको छ । अमेरिकामा एकै दिन १० हजारमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

 

भारतमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ६ सय पुगेको छ र मृत्यु हुनेको संख्या १० पुगेको छ । यसको नियन्त्रणका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले १ दिने लकडाउनको घोषणा गरेका छन् ।