एजेन्सी – अमेरिकी एजेन्सी ‘फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन’ (एफडीए) लाई सल्लाह दिने चिकित्सकहरूले फाइजर–बायोनोटेकले विकसित गरेको कोभिड–१९ खोपको आपतकालीन प्रयोगका लागि सिफारिस गरेका छन् । २३ जना विज्ञहरूको समूहले फाइजर कम्पनीको कोभिड खोप प्रयोग गर्ने अनुमति पाएको हो ।
फाइजरको भ्याक्सिन यूके, क्यानडा, बहरेन र साउदी अरेबियामा अनुमोदन भइसकेको छ । ‘फाइजर इण्डिया’ले पनि भारतमा यसको कोभिड भ्याक्सिनको आपतकालीन प्रयोगको लागि अनुमति मागेको छ ।
अमेरिकी अधिकारीहरूले एफडीएको फाइजर भ्याक्सिनको आपतकालीन प्रयोगको आधिकारिक अनुमोदन आगामी केही दिन भित्र हुने अपेक्षा गरिएको छ । एफडीए विज्ञहरूले यस खोपलाई अनुमोदन गरेको खबर पाएका छन् ।
अमेरिकी स्वास्थ्यमन्त्रीले बुधबार एफडीएले खोपलाई अनुमोदन गरेमा अमेरिकामा केही दिन भित्र खोप सुरु गर्न सकिने बताएका हुन् । अमेरिकामा खोपको डेलिभरी एजेन्सीले स्वीकृति पाएको २४ घण्टा भित्र खोप वितरण सुरु हुनेछ ।
फाइजरको रणनीतिका अनुसार अमेरिकामा कम्पनीले पहिलो चरणमा ६५ लाख खोप दिनेछ । यो खोप दुई मात्रामा दिइन्छ, जुन पहिलो चरणमा करिब ३२ लाख मानिसहरूलाई यो खोप दिइनेछ ।
अमेरिकाकाे रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूले अमेरिकामा करिब २१ करोड स्वास्थ्यकर्मी रहेको बताएका छन् । कुनै पनि खोप स्वीकृत भएमा उक्त समूहलाई पहिले खोप लगाउनुपर्ने बताइएको छ ।
औषधि कम्पनी मोदर्ना र नेशनल इन्स्टिच्युट अफ हेल्थ पनि यहाँ विकास गरिएको खोपको आकस्मिक स्वीकृति चाहन्छ । दुबैले अमेरिकी प्रशासनबाट अनुमति लिन आवेदन दिएका छन् ।




प्रतिक्रिया