सात वटै प्रदेशमा कोरोनाको खोप पुर्‍याइँदै, १४ गतेबाट लगाउन सुरु

सात वटै प्रदेशमा कोरोनाको खोप पुर्‍याइँदै, १४ गतेबाट लगाउन सुरु


काठमाण्डु – सरकारले आज भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप सात वटै प्रदेशमा लाने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेशमा गाडीमार्फत कोरोनाको खोप पठाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले माघ १४ गतेबाट कोरोनाको खोप जोखिम क्षेत्रमा काम गर्ने मानिसहरुलाई लगाउने बताए । उनले गाडीमार्फत लगिएका खोप आजै सात वटै प्रदेशमा पुग्ने र सुरक्षित रुपमा राख्ने बताए ।

गत बिहीबार ल्याइएको उक्त खोप नेपालका लागि भातीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलाई हस्तान्तरण गरेका थिए ।