काठमाण्डु – काठमाण्डुमा चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ । बिहान १० बजेदेखि निर्धारित केन्द्रबाट खोप लगाइने बताइएको छ ।
जेठ ११ गतेसम्म चल्ने खोप अभियानमा चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरू सहभागी हुन सक्ने वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
खोप अभियानका लागि काठमाण्डु महानगरपालिकाले ३२ वटै वडामा ३२ वटा खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गरेको छ ।
वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया